२९ असार २०८३, सोमबार

ओली र लेखकको रिट हेर्दाहेर्दैमा

चैत २२, २०८२
काठमाडौं
ओली र लेखकको रिट हेर्दाहेर्दैमा
फाइल फोटो

​नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ शुरू गर्दागर्दै समय नभ्याएका कारण हेर्दाहेर्दैमा राखिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार उक्त रिटमा अब सोमबार सुनुवाइ हुने छ ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानूनी थुनामा राखिएको भन्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो ।

रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको उल्लेख गरिएको छ ।

रिट निवेदनमा कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानूनसम्मत उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्