२८ असार २०८३, आइतबार

ओली–लेखकलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

चैत २२, २०८२
काठमाडौं
ओली–लेखकलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

जेनजी आन्दोलन दमन गर्न भूमिका खेलेको भन्दै ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि भन्दै चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेका ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखक प्रहरी हिरासतमै बसेका छन् ।

म्याद थपका लागि लेखकलाई अदालतमा उपस्थित गराइएको थियो भने ओली भर्चुअल रूपमा सहभागी भएका थिए ।

ओली र लेखक पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आइतबारदेखि नै सुनुवाइ भइरहेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्