०५ साउन २०८३, मंगलबार

सर्वदलीय बैठकमा सहमति- प्रतिनिधिसभा नियमावली नयाँ बनाइने

चैत २३, २०८२
काठमाडौं
सर्वदलीय बैठकमा सहमति- प्रतिनिधिसभा नियमावली नयाँ बनाइने

प्रतिनिधिसभा नियमावली नयाँ बनाइने भएको छ । 

संघीय संसद् सचिवालयले सोमबार योजना गरेको सर्वदलीय बैठकमा दलहरूबीच प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सहमति भएको हो । 

संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको एमाले सांसद गुरु बरालले जानकारी दिए । 

बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । जसमा सबै दलबाट गरेर १५ सदस्य रहनेछन् । 

यसैगरी, २१ सदस्यीय कार्य व्यवस्था परामर्श समिति बनाउने निर्णय पनि बैठकले गरेको बरालले जानकारी दिए ।

‘हामी चाहन्छौं संसद् प्रभावकारी ढंगले चलोस् । प्रतिपक्षले आफ्नो प्रभावकारी भूमिका संसद्‌मा प्रस्तुत गर्न सक्नेगरि समग्र तयारीका लागि प्रतिबद्ध छौं’, बरालले भने, ‘सत्तापक्षसँग हाम्रो हार्दिक अनुरोध छ कि सरकार सत्तापक्षको हुनेछ संसद् प्रतिपक्षको हुनेछ । यही विषयमा आजको सर्वदलीय बैठकमा सभामुखको ध्यानाकर्षण गराएका छौं । र, बैठकमा सहमतिपूर्वक एउटा निर्णय लिएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्