
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले आफ्ना गुप्तचर प्रमुख माजिद खदेमी मारिएको पुष्टि गरेको छ। इरानी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिअनुसार उननी आज बिहान अमेरिका-इजरायलको आक्रमणमा मारिएका हुन्
आईआरजीसीले उक्त घटनामा अमेरिका र इजरायलको संलग्नता रहेको आरोप लगाएको छ। यद्यपि, यसबारे प्रतिक्रिया माग्दा इजरायली रक्षा बल (आईडीएफ)ले घटनाबारे छानबिन गर्ने जनाएको छ।
खदेमीले यसअघि मोहम्मद काजेमीलाई प्रतिस्थापन गरेका थिए। काजेमीको १५ जुन २०२५ मा १२ दिने इरान–इजरायल युद्धका क्रममा इजरायली आक्रमणमा मृत्यु भएको थियो।
गत फेब्रुअरीमा खदेमीले जनवरीमा भएका सरकारविरोधी प्रदर्शनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गम्भीर आरोप लगाएका थिए।
उनले इरानी अधिकारीहरूले 'पूर्वनियोजित हत्या रणनीति' भनेको योजनालाई ट्रम्पले उक्साएको दाबी गरेका थिए, जसको उद्देश्य हताहती संख्या बढाएर विदेशी सैन्य हस्तक्षेपको आधार तयार गर्नु रहेको उनको भनाइ थियो।
खदेमीले सोही समयमा इजरायलको साइबर युद्ध तथा गुप्तचर इकाइ ८२०० सहित १० भन्दा बढी विदेशी गुप्तचर संस्थाहरूले इरानभर फैलिएका प्रदर्शनमा भूमिका खेलेको आरोप पनि लगाएका थिए।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीका अनुसार जनवरीमा गरिएको दमन अभियानका क्रममा कम्तीमा ७ हजार मानिसको मृत्यु भएको थियो।