
राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित बनेकी छिन् ।
आज बसेको राष्ट्रियसभाको बैठकबाट भण्डारीलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो ।
राष्ट्रियसभामा सहभागी रहेका दलहरूबीचको सहमतिअनुसार उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो ।
नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल प्रस्तावक र नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह उनको समर्थक रहेका थिए ।