०६ साउन २०८३, बुधबार

योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त

चैत २४, २०८२
काठमाडौं
योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

भट्ट नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त अधिकारी हुन् । अघिल्लो सरकारको पालामा उनी गभर्नरको आकांक्षी थिए तर सरकारले डा. विश्व पौडेललाई गभर्नर नियुक्त गरेको थियो । 

यसैगरी, नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री रावलले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्