२९ असार २०८३, सोमबार

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि देउवा दम्पतीविरुद्ध विभागले लियो पक्राउ अनुमति

चैत २५, २०८२
काठमाडौं
सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि देउवा दम्पतीविरुद्ध विभागले लियो पक्राउ अनुमति

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवालाई पक्राउका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ अनुमति लिएको छ ।

विश्वस्त स्रोतका अनुसार, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि बुधबार काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।

उपचारका लागि भन्दै देउवा दम्पती अहिले विदेशमा छन् । शुरूमा सिंगापुर गएका उनीहरू हाल हङकङमा रहेको बताइएको छ ।

यसअघि सरकारले बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने कार्य रोकेको थियो ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा देउवा निवासमा पैसा जलेको विषय बाहिर आएको थियो ।

 
 

salt training

कमेन्ट गर्नुहोस्