०६ साउन २०८३, बुधबार

गोरखा-जीतगढी पदयात्रा शुरू

चैत २७, २०८२
काठमाडौं
गोरखा-जीतगढी पदयात्रा शुरू

ऐतिहासिक गोरखा-जीतगढी पदयात्राको चौथो संस्करण शुरू भएको छ ।

ऐतिहासिक सम्पदा, संस्कृति एवं अभिलेखको संरक्षण तथा प्रवर्द्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको उक्त पदयात्रा नेपाली सेनाको पश्चिम पृतनापति उपरथी भोलानाथ थापा र गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले टर्च तथा झण्डा हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् । 

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) तथा जीतगढी लडाइँमा सहभागी गुरूबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोलीको सहभागिता रहेको छ ।

null

करिब ३०५ किलोमिटर दुरीमा सञ्चालन हुने पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रूपन्देहीको बुटवलस्थित जीतगढीसम्म पुगेर २०८३ वैशाख ७ गते विजय उत्सव समारोहका साथ समापन हुनेछ। 

शुभारम्भ कार्यक्रममा गोरखा जिल्लाका जिल्ला न्यायाधीश, पालुङ्गटार नगरपालिकाका नगर प्रमुख, बुटवल उपमहानगरपालिकाको उप प्रमुख, श्री नम्बर ३ बाहिनीका बाहिनीपति, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकाय एवं सरकारी कार्यालयका पदाधिकारीहरू, इतिहासविद्, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्