३२ असार २०८३, बिहीबार

रास्वपाबाट धोका पाएको भन्दै खुस्बु ओलीको कटाक्ष– नयाँ-नयाँको सिन्डिकेट स्थापना गर्न खोजियो

चैत २७, २०८२
काठमाडौं
रास्वपाबाट धोका पाएको भन्दै खुस्बु ओलीको कटाक्ष– नयाँ-नयाँको सिन्डिकेट स्थापना गर्न खोजियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलकी सचेतक खुस्बु ओलीले संसद्‌मा नयाँ-नयाँ दलको सिन्डिकेट खडा गर्न खोजिएको आरोप लगाएकी छिन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उपसभामुखमा राप्रपा उम्मेदवार सरस्वती लामाको उम्मेदवारीको समर्थन गर्दै ओलीले रास्वपाबाट धोका पाएको बताएकी हुन् ।

‘सभामुख महोदय यो लोगो जस्तै अर्को पनि लोगो बनाउनु पर्ने देखियो, नयाँ र पुरानो चिनाउने लोगो,’ ओलीले भनिन्, ‘सिन्डिकेटको संस्कारको विरोध गरेर उदाएका दलका तर्फबाट यो सदनमा नयाँ-नयाँको सिन्डिकेट स्थापित गरियो । हामीलाई लोगो बनाइदिनुस् ।’

त्यसअघि राप्रपा नेता ज्ञानेन्द्र शाहीले रास्वपाले समर्थन गर्ने प्रतिबद्धता जनाएका कारण उम्मेदवारी दिए पनि धोका पाएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्