२५ जेठ २०८३, सोमबार
बुझ्नै नसकिने इन्धनको गणित

कर घटेको हप्ता दिनमै किन बढ्यो पेट्रोलको मूल्य ?

चैत २७, २०८२
काठमाडौं

बिहीबार मध्यरातिदेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेर अहिलेसम्मकै रेकर्ड तोडेको छ । काठमाडौंमा पेट्रोल २१९ रूपैयाँ पुगेको छ भने लामो समयपछि खाने पकाउने ग्यासको मूल्य पनि बढेको छ ।

एकातर्फ सरकारले पेट्रोलियम कर घटाउने, अर्कोतर्फ मूल्य बढ्ने यो विरोधाभास के हो ?

इराक युद्धका कारण विश्वभर इन्धनको आपूर्ति श्रृङ्खला खलबलिएको छ, यो कुरा नेपाली उपभोक्ताले नबुझेका होइनन् ।

सोही कारण सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएका केही कर हटाउने निर्णय गरेको थियो । कर घटेसँगै इन्धनको मूल्य बरु घट्ने तर नबढ्ने अपेक्षा आम उपभोक्ताको थियो । तर निरन्तर घाटा भइरहेको भन्दै निगमले बिहीवार मध्यरातिदेखि इन्धनको मूल्य बढायो ।

कस्तो छ त अन्तराष्ट्रिय मूल्य श्रृङ्खला ?

नेपालले भारतीय आलय कर्पोरेशनसँग मात्र इन्धनको कारोबार गर्छ ।

भारतले १५३.७८ रूपैयाँमा नेपाललाई बिक्री गरिरहेको पेट्रोलको मूल्यमा नेपालमा २१९ रूपैयाँ कसरी पुग्यो ? आउनुहोस् यसको हिसाब हेरौँ । 

पेट्रोलियम पदार्थमा सरकारले मूल्य अभिवृद्धि कर भ्याटसहित सात किसिमका कर उठाउने गरेको छ । पेट्रोलियममा अहिले भ्याटबाहेक भन्सार तथा प्रज्ञापन शुल्क, पूर्वाधार कर, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, फ्युल थ्रुपुट शुल्क र मूल्य स्थिरिकरण कोषका लागि कर उठाउने गरिएको छ । यसबाहेक नेपाल आयल निगमले नाफालगायतका थप ६ शीर्षकमा उपभोक्तासँग कर असुल्छ ।

आजको दिनमा इन्डियन आयल कार्पोरेसनले नेपाल नेपाल आयल निगमलाई पेट्रोल प्रतिलिटर १५३.७८ रूपैयाँमा बिक्री गरिरहेको छ । यसका साथै कर्पोरेसनले डिजेल प्रतिलिटर २४२.४९ रूपैयाँ र एलपी ग्यस प्रतिसिलिन्डर १६ सय ९०.०१ रूपैयाँमा नेपाललाई प्रदान गरिरहेको छ । 

यो भारतबाट खरिद भएको मूल्य भयो । अब यसमा सरकारले भन्सार विन्दुमै लिने राजस्व जोड्नुपर्ने हुन्छ । पेट्रोलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मत सम्भार शुल्क, प्रदुषण शुल्क, पूर्वाधार कर, हरित कर, मूल्य अभिवृद्धि कर र मूल्य स्थिरीकरण कोष शुल्कहरू लाग्ने गर्दछन् । 

भारतबाट खरिद गरिने पेट्रोलमा मात्रै सरकारले ५१.५१ रूपैयाँ राजश्व लिने गरेको छ । त्यस्तै, डिजेलमा ४१.४१ रूपैयाँ, मट्टिलेमा ३१.९१ र एलपी ग्यासमा ३३७.१४ रूपैयाँ सरकारले मात्रै राजस्वका नाममा लिने गरेको छ । यो सरकारले लिने राजस्व मात्रै हो । यसमा आयल निगमको खर्च जोडिएको छैन । 

निगमले प्रशासनिक बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र अन्य खर्च शीर्षक अन्तर्गत पेट्रोलमा २.३१ रूपैयाँ, डिजेलमा २.३४ रूपैयाँ, मट्टीतेल २.०४ र ग्यासमा १०.४१ रूपैयाँ खर्च जोड्ने गर्दछ । यसबाहेक ढुवानी भाडा ७.०७ रूपैयाँ प्रतिलिटर र विक्रेता खर्च तथा मुनाफा ६.६५ रूपैयाँ जोडिन्छ । यसरी सरकारले लिने राजस्व, निगमको खर्च, ढुवानी र मुनाफा जोडेर निगमले पेट्रोलियम पदार्थको मूल्य निकालेको हो । 

निगमका अनुसार एक लिटर पेट्रोल सम्पूर्ण खर्च जोडेर भारतबाट ल्याएर उपभोक्तासम्म पुर्‍याउँदा २२१.३२ रूपैयाँ पर्ने गरेको छ । तर निगमले प्रतिलिटर २.३२ रूपैयाँ घाटा खाएर २१९ रूपैयाँमा बिक्री गरिरहेको छ । यसका साथै डिजेलमा निगमले प्रतिलिटर ८७.९९ रूपैयाँ र ग्यासमा ३३१.२५ रुपैयाँ प्रतिसिलिन्डर घाटा बेहोरिरहेको छ । 

महँगोमा खरिद गरेर सस्तोमा बेच्नु पर्दा निगमले मासिक १० अर्ब २१ करोडभन्दा बढी घाटा व्यहोर्नु परेको बताएको छ । बढेको मूल्य अनुसार हिसाव गर्दा पनि मासिक ७ अर्ब ८१ करोड अझै घाटा हुने निगमको भनाइ छ । 

इरान र अमेरिकाबीच २ साताका लागि युद्धविराम गर्ने सहमतिसँगै अन्तराष्ट्रिय बजारका कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । प्रतिब्यारेल कच्चा तेलको मूल्य ११९ सम्म पुगेकोमा शुक्रबार साँझ यसको मूल्य ९७ रूपैयाँमा झरेको छ ।

तर, नेपालले अप्रत्यक्ष ढंगले इन्धन खरिद गर्ने भएकोले त्यसको प्रभाव नेपालसम्म आइपुग्न भनेको सकेको छैन ।

अमेरिका–इराक युद्ध स्थायी शान्तिमा कायम नहुँदा सम्म इन्धनको मूल्य स्थिर हुन नसक्ने अर्थशास्त्रीहरू बताउँछन् । जसको मार नेपाल जस्ता अल्पविकसित र गरिब मुलुकहरूले व्यहोर्नु परेको छ ।

हेर्नुहोस् भिडियो :

salt training

कमेन्ट गर्नुहोस्