
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई पाकिस्तानमा हुने आगामी वार्ताको पूर्ण फाइदा लिन आग्रह गरेका छन् । उनका प्रवक्ता स्टेफेन डुजारिकले वार्ता तनाव कम गर्न र द्वन्द्वको पुनरुत्थान रोक्न एक प्रमुख अवसर भएकव बताए ।
उनले संयुक्त राष्ट्र प्रमुखका विशेष दूत जीन अर्नो, जो हाल तेहरानमा छन्, कूटनीतिक प्रयासहरूलाई समर्थन गर्न यस क्षेत्रमा रहनेछन् । यद्यपि उनलाई हाल इस्लामाबाद वार्ताको लागि विशेष रूपमा पठाइएको छैन।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरान बीचको वार्तालाई निर्णायक अवसरको रूपमा वर्णन गरेका छन् । बैठकले मध्य पूर्वमा स्थायी युद्धविराम प्राप्त हुन्छ कि हुँदैन भनेर निर्धारण गर्ने उनले बताए ।
शरीफले यी वार्ताहरूको आयोजना गर्नु पाकिस्तानको लागि मात्र नभई सम्पूर्ण मुस्लिम विश्वको लागि गर्वको कुरा भएकव बताए ।