१३ असार २०८३, शनिबार

लागुऔषध नियन्त्रणमा निर्मम बन्न गृहमन्त्री गुरुङको निर्देशन

चैत २९, २०८२
भरतपुर
लागुऔषध नियन्त्रणमा निर्मम बन्न गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

आज भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उनले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र लागुऔषधलगायत घटना नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले जनताले महसुस गर्नेगरी चुस्त दुरुस्त सेवा दिन निर्देशन दिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

गृहमन्त्री गुरुङले आज जिल्लाका विभिन्न ठाउँको निरीक्षण र अवलोकनसमेत गरे । उनले शनिबार राति नारायणगढ–मुग्लिन सडकखण्डका पहिरोग्रस्त क्षेत्र घोप्टेभिर, तुइन खोलालगायतको अवलोकन गर्दै वर्षायाममा समस्या नदोहोरिने गरी छिटो काम गर्न निर्देशन दिएका थिए ।

गृहमन्त्री गुरुङ आज पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निरीक्षण गर्न नवलपरासी पूर्व प्रस्थान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्