२५ जेठ २०८३, सोमबार

गृहमन्त्री गुरुङको ४ करोड ३१ लाख रुपैयाँ शेयरमा लगानी

चैत २९, २०८२
काठमाडौं
गृहमन्त्री गुरुङको ४ करोड ३१ लाख रुपैयाँ शेयरमा लगानी
फाइल फोटो

गृहमन्त्री सुधन गुरुङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँ बढीको शेयरमा लगानी रहेको छ ।

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गृहमन्त्री गुरुङले उक्त कुरा उल्लेख गरेका छन् ।

गृहमन्त्री गुरुङले होप होल्डिङस प्रालिमा ३० लाख रूपैयाँको ३० हजार थान शेयर, लगुम प्रिमियम अपार्टमेन्टस प्रालिमा ५७ लाख रूपैयाँको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रूपैयाँको शेयर र एडभेन्चर भिल्ला प्रालिमा ७० लाख रूपैयाँको ७० हजार थान शेयरमा लगानी गरेका छन् ।

गृहमन्त्री गुरुङले ती सबै लगानीको स्रोत व्यवसाय, पैतृक सम्पत्ति र लगानी भनेर उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्