३२ असार २०८३, बिहीबार

मन्त्रीहरूको खेतबारीमा पँहेलपुर तोरी फुलेछ, सम्बृद्धि आएछ : गोकुल बास्कोटा

चैत ३०, २०८२
काठमाडौं
मन्त्रीहरूको खेतबारीमा पँहेलपुर तोरी फुलेछ, सम्बृद्धि आएछ : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणलाई लिएर देश लंका बनिसकेको कटाक्ष गरेका छन् । उनले डाँडाभरि लाली गुरास फुलेजस्तै मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै सुनको विवरणमा कटाक्ष गरेका हुन् ।

जहाँ कङ्गाल त्यही चण्डाल भन्थे, त्यो दुर भएछ उनले भनेका छन् । 'आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भो । देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ,' उनले लेखेका छन्,'सम्वृद्धि आएछ । सुशासन त्यहीबाट आरम्भ भै हाल्छ। म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे, त्यो दुर भएछ झिक्कै झिक्कै मया तम्लाई!'


 

salt training

कमेन्ट गर्नुहोस्