०१ असार २०८३, सोमबार

संसद् भवन निर्माणबारे सभामुख अर्यालको चासो

चैत ३०, २०८२
काठमाडौं
संसद् भवन निर्माणबारे सभामुख अर्यालको चासो

सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् भवन निर्माणको कार्यप्रति चासो व्यक्त गरेका छन् ।

सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै उनले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रूबी कुमारी र राष्ट्रियसभा उपाध्यक्ष लिला कुमारी भण्डारीको समेत उपस्थिति रहेको थियो ।

संसद् भवन निर्माणका लागि २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रूपैयाँमा सम्झौता भएको थियो । 

प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म ६ पटक समय थप भइसकेको छ। पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ ।

हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बानियाँ जेभीले २ अर्ब ३४ करोड रूपैयाँमा लिएको छ भने छाना निर्माणका लागि चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रूपैयाँमा ठेक्का प्राप्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्