
अमेरिकाले चीनलाई इरानको तेल लिन नदिने बताएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले चीन विरुद्ध कडा अडान लिएका छन् । उनले अमेरिकाले चीनलाई इरानको तेल लिन नदिने र यो हासिल गर्न आवश्यक कदम चालिने बताए।
वाशिंगटन, डीसीमा पत्रकारहरूसँग कुरा गर्दै बेसान्टले भने, 'तिनीहरूले तेल लिन सक्छन्, तर इरानको तेल होइन।'
इरानी तेल बोक्ने चिनियाँ ट्याङ्करहरूलाई हर्मुजको जलमार्गमा रोकिने उनले स्पष्ट पारे ।
अमेरिकी सेनाले मंगलबार दिएको जानकारीअनुसार होर्मुज जलमार्ग नाकाबन्दीका लागि १० हजारभन्दा बढी सैनिक र करिब १२ वटा नौसैनिक जहाज तैनाथ गरिएको छ ।
नाकाबन्दी लागु भएको पहिलो २४ घण्टाभित्र कुनै पनि जहाजले यो मार्ग पार गर्न नसकेको अमेरिकाको दाबी छ ।