१० साउन २०८३, आइतबार
कांग्रेस बैठक

कार्की आयोगको प्रतिवेदन अध्ययन समितिले बुझायो प्रतिवेदन, कांग्रेस बैठकमा छलफल

बैशाख २, २०८३
काठमाडौं
कार्की आयोगको प्रतिवेदन अध्ययन समितिले बुझायो प्रतिवेदन, कांग्रेस बैठकमा छलफल

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल शुरू भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको कार्यसम्पादन समितिको बैठकमा कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमाथि छलफल शुरू भएको हो ।

कांग्रेसले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले आज प्रतिवेदन पार्टीलाई हस्तान्तरण गरेको हो ।

समितिले ५२ पृष्ठको प्रतिवेदन तयार पारेर कार्यसम्पादन समितिमा बुझाएको खनालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्