२९ असार २०८३, सोमबार

कांग्रेसले असन्तुष्ट पक्षसँग संवाद गर्ने, वार्ताको जिम्मेवारी सभापति थापालाई

बैशाख २, २०८३
काठमाडौं
कांग्रेसले असन्तुष्ट पक्षसँग संवाद गर्ने, वार्ताको जिम्मेवारी सभापति थापालाई

नेपाली कांग्रेसले पार्टीको अर्को समूहसँगको संवादलाई अघि बढाउने भएको छ । 

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनका कारण असन्तुष्ट बनेका वरिष्ठ नेताहरू‚ पार्टीका पूर्व पदाधिकारीसँगको संवादलाई अघि बढाउने निर्णय गरेको हो । 

यसका लागि बैठकले सभापति गगनकुमार थापालाई जिम्मेवारी दिएको छ । 

बैठकबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता देवराज चालिसेले असन्तुष्टहरुलाई संवादमा ल्याउने र उनीहरूको कुरा सुन्ने संस्थापन पक्षको जिम्मेवारी भएको बताए । 

सोही जिम्मेवारीलाई पूरा गर्न सभापति थापालाई बैठकले अधिकार दिएको उनले बताए ।

‘१५ औं महाधिवेशनमा जाँदै गर्दा केही असन्तुष्ट साथीहरू देखिनुभएको छ । पुराना पदाधिकारी र महत्त्वपूर्ण साथीहरू पनि हुनुहुन्छ‚’ उनले भने‚ ‘संवाद र सहकार्य गर्ने जिम्मेवारी त संस्थापनकै हो नि ! त्यसैले छलफल गर्नका लागि सभापति गगनकुमार थापालाई अधिकार दिएका छौं ।ֹ’

salt training

कमेन्ट गर्नुहोस्