२७ जेठ २०८३, बुधबार

सातदोबाटोमा हाइ लेभल स्पोर्ट्स सेमिनार

बैशाख ३, २०८३
काठमाडौं
सातदोबाटोमा हाइ लेभल स्पोर्ट्स सेमिनार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा हाइ लेभल स्पोर्ट्स सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शुरू भएको छ ।

सेमिनारको औपचारिक उद्घाटन भने राखेपका सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार गर्ने आयोजकले जनाएको छ । सेमिनारमा राखेपमा कार्यरत विभिन्न १२ खेलका ३० प्रशिक्षक सहभागी छन् ।

विभिन्न खेलका प्रशिक्षकलाई सुशीलनरसिंह राणाले एप्लाइड सायन्स, जगदीश भट्टले मोटिभेसन र स्पोर्ट्स म्यानेजमेन्ट, सञ्जय महर्जनले स्पोर्ट्स न्युट्रेसन तथा लक्ष्मण अधिकारीले बायो मेकानिकल सम्बन्धी ज्ञान दिनेछन् ।

कूल एक सय पूर्णाङ्कको असेस्मेन्ट हुनेछ । त्यसमा मल्टिपल च्वाइस प्रश्न ७५ अंक, प्राक्टिकलमा १५ अंक, विषयगतमा पाँच अंक र आन्तरिकमा पाँच अंक छुट्याइएको छ । सेमिनार वैशाख १२ गतेसम्म चल्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्