२८ जेठ २०८३, बिहीबार

जेनजी आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखराबाट पक्राउ

बैशाख ४, २०८३
काठमाडौं
जेनजी आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखराबाट पक्राउ

२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

हाडनाता जबरजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वी चोकबाट पक्राउ गरी कास्की कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

रौतहटको डुमडिया गाउँपालिका–१० का परियारले अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको अनुसन्धानबाट खुलेको छ ।

फरार कैदी परियारलाई वडा प्रहरी कार्यालय बैदाम, पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्