
कञ्चनपुरमा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लालझाडी गाउँपालिका ४ बस्ने ३२ वर्षीय राजकुमार राना छन् । उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजकुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।