
सत्ता सञ्चालन गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठक वैशाख ७ अर्थात् भोलि सोमबारका लागि बोलाइएको हो ।
‘सभापतिज्यूको निर्देशानुसार पार्टी केन्द्रीय समितिको बैठक मिति २०८३ वैशाख ७ गते बस्ने भएकोले अनिवार्य उपस्थितिको लागि निर्देशानुसार सबै केन्द्रीय सदस्यहरूलाई अनुरोध गरिएको छ‚’ झाले भने ।
बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने उनले बताए ।