१० साउन २०८३, आइतबार

दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री काठमाडौंमा

बैशाख ७, २०८३
काठमाडौं
दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री काठमाडौंमा

दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पउल कपुर नेपाल आइपुगेका छन् ।

कपुर सोमबार बिहान काठमाडौं आइपुगेका हुन् । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि यो अमेरिकाका तर्फबाट भएको सबैभन्दा उच्चस्तरीय भ्रमण हो ।

उनको भ्रमणलाई अमेरिका–नेपाल सम्बन्ध थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

भ्रमणका क्रममा कपुरले नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, उनले यहाँका व्यवसायी, निजी क्षेत्रका प्रतिनिधि तथा सांस्कृतिक क्षेत्रका विज्ञहरूसँग पनि संवाद गर्ने अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

कपुरको यो भेटघाटले द्विपक्षीय साझेदारीलाई अझ मजबुत बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने तथा सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको दूतावासले उल्लेख गरेको छ ।

नेपाल र अमेरिकाबीच लामो समयदेखि विकास सहयोग, व्यापार, शिक्षा र लोकतान्त्रिक अभ्यासका क्षेत्रमा सहकार्य हुँदै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्