
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन् ।
यस्तै, पार्टी सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवाली मनोनीत भएका प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपा केन्द्रीय समितिको बैठकको छलफलबाट केन्द्रीय सल्लाहकार परिषद्मा र केन्द्रीय नेतृत्व परिषद्मा केही सदस्य थप गरेको हो ।
प्रवक्ता झाका अनुसार पार्टीको संघीय नेतृत्व मञ्चमा मनोनीत नयाँ सदस्यहरू तुलसीप्रसाद चौधरी-सप्तरी‚ रामसिंह थारू-बर्दिया‚ जीवन धामी-मोरङ‚ प्रेमा चौधरी-कैलाली‚ नवराज राना-कञ्चनपुर र एकराज चौधरी-दाङ रहेका छन् ।
यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्मा जीवन प्रभा लामा-काभ्रे‚ मोतीप्रसाद पंगाली-नवलपरासी पूर्व‚ हरिप्रसाद पाण्डे-भक्तपुर र विष्णुहरि शर्मा-कपिलवस्तु मनोनीत भएका छन् ।