२८ जेठ २०८३, बिहीबार

जेनजी आन्दोलनमा भागेका कैदी ​मनमैजुबाट पक्राउ

बैशाख ८, २०८३
काठमाडौं
जेनजी आन्दोलनमा भागेका कैदी ​मनमैजुबाट पक्राउ

गत भदौमा भएको जेनजी आन्दोलनमा केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका एक कैदी काठमाडौंको तारकेश्वर नगरपालिका ९ मनमैजुबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झ्याप्ले कमल न्यौपाने भन्ने ३८ वर्षीय कमल विक रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।​

कर्तव्य ज्यान मुद्दामा उनी १० वर्ष कैद सजाय तोकिएका उनी गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंबाट फरार भएका थिए ।

लुकीछिपी बसेको सूचनाका आधारमा उनलाई सोमबार पक्राउ गरिएको हो ।

उनलाई केन्द्रीय कारागार कार्यालय सुनधारा पठाइएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।​

salt training

कमेन्ट गर्नुहोस्