
गृहमन्त्रीबाट राजीनामा दिएर सुधन गुरुङ मन्त्रालयबाट बाहिरिएका छन् ।
बुधबार दिउँसो राजीनामा दिएका गुरुङ पौने ५ बजे मन्त्रालयबाट बाहिरिएका हुन् ।
मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका थिए ।
चैत्र १३ गते गृहमन्त्री बनेका गुरुङ विवादास्पद शेयर कारोबारका कारण विवादमा तानिएका थिए ।
चौतर्फी आलोचना भएपछि उनले बुधबार राजीनामा दिएका थिए ।