३० असार २०८३, मंगलबार

नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता

बैशाख ९, २०८३
काठमाडौं
नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच छुट सम्झौता भएको छ ।

आफ्ना प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरूलाई सहुलियत दरमा स्वास्थ्योपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेको उपस्थितिमा हस्पिटलको तर्फबाट चिफ अपरेटिङ अफिसर अमृत खन्ना र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहमा सम्झौता हस्ताक्षर गरिएको हो ।

सम्झौता अनुरूप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई १० प्रतिशत छुट सुविधासहित सहुलियत दरमा स्वास्थ्योपचार सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्