१७ असार २०८३, बुधबार

कांग्रेस सांसदले दिए साइबर ब्यूरोमा उजुरी

बैशाख १०, २०८३
काठमाडौं
कांग्रेस सांसदले दिए साइबर ब्यूरोमा उजुरी

नेपाली कांग्रेसका सांसद (राष्ट्रियसभा सदस्य) रञ्जित कर्णले आफूविरुद्ध प्रकाशित समाचार भ्रामक र असत्य रहेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । 

उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूले नबोलेका कुरा तोडमोड गरि प्रस्तुत गरिएको आरोप लगाएका छन् ।

साइबर ब्यूरोमा उजुरीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेस प्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको र आफू पनि त्यसप्रति प्रतिबद्ध रहेको बताए । 

तर, गलत सूचना फैलाएर व्यक्तिको चरित्र हत्या गर्नु प्रेस स्वतन्त्रता नभएको उनको भनाइ छ । ‘प्रेस स्वतन्त्रता भनेको जिम्मेवारीसहितको स्वतन्त्रता हो’, उनले भने । 

उनले प्रधानमन्त्रीसँग सोधेको प्रश्नलाई पनि तोडमोड गरेर आफूविरुद्ध भ्रम फैलाइएको दाबी गरे । आफूले केवल समान कानूनी मापदण्डबारे प्रश्न उठाएको स्पष्ट पार्दै ‘बालुवाटार जलाउने धम्की’ दिएको भन्ने आरोप असत्य भएको बताए । 

यदि त्यस्तो प्रमाण भए कानूनी कारबाही भोग्न तयार रहेको उनको भनाइ छ । कर्णले तथ्यहीन र उद्देश्यप्रेरित सामग्रीले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै सञ्चारमाध्यमलाई सन्तुलित र सत्य सूचना प्रवाह गर्न आग्रह गरे ।

उनले लोकतन्त्रमा प्रेस स्वतन्त्रता आवश्यक भए पनि जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्