२७ असार २०८३, शनिबार
फिर्ता हुने राजदूतको संकेत

दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले गरे फिर्ता हुने संकेत

बैशाख १०, २०८३
काठमाडौं
दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले गरे फिर्ता हुने संकेत

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले कार्यकाल छोट्याएर फर्किने संकेत गरेका छन् । 

रास्वपाको नेतृत्वमा नयाँ सरकार बनेसँगै पुरानो सरकारको पालामा नियुक्ति लिएका शर्माले आफ्नो अवधि पूरा हुन लागेको सामाजिक सञ्जालमा लेखेका छन् ।

‘पछिल्ला दिनमा साथीहरूसँगको भेटघाट झन् बढ्दै गएको छ, किनकि उनीहरूलाई थाहा छ कि यहाँ मेरो समय अब अन्त्यतिर पुगेको छ’, शर्माले सामाजिक सञ्जालमा केही तस्वीर राख्दै लेखेका छन । 

दिल्लीमा कूटनीतिक कोरका डिनले आयोजना गरेको हाइटीमा उनी सहभागी भएका थिए ।

‘मेरो समय अन्त्यतिर पुगेको छ’ भन्दै उनले कार्यकाल सकिन लागेको संकेत गरेका हुन् । नयाँ सरकार बनेपछि रास्वपा नेताहरूले पुरानो राजनीतिक नियुक्ति लिएकालाई मार्ग प्रशस्त गर्न आग्रह गरिररहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका लागि राजदूत नियुक्त गरेका शर्माले राजदूतबाट फिर्ता हुन लागेका संकेत दिएका हुन् । 

२०८१ पुस ३ गते उनी दोस्रो पटक भारतको लागि राजदूत नियुक्त भएका थिए । कतिपय देशका राजदूतलाई सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले फिर्ता गरिसकेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्