३२ असार २०८३, बिहीबार

एलओडीमा 'अमेरिकन बोर्डरलाइन', देखाए प्लेन र रोबर्ट डान्स

बैशाख १३, २०८३
काठमाडौं
एलओडीमा 'अमेरिकन बोर्डरलाइन', देखाए प्लेन र रोबर्ट डान्स

काठमाडौंको ठमेलमा रहेको एलओडी क्लबमा 'अमेरिकन बोर्डरलाइन'ले प्रस्तुति दिएको छ । शनिबार राति क्लबमा उनीहरूले रोबर्टिक डान्स, बेलुन डान्स र प्लेन डान्ससहित आफ्नो प्रस्तुति दिएका हुन् ।​

बोर्डरलाइनका १६ जना कलाकारको प्रस्तुति दुई घण्टासम्म चलेको थियो ।​

दर्शकहरूले यस इभेन्टलाई अन्य इभेन्टभन्दा फरक रहेको प्रतिक्रिया दिएका छन् ।

यस्तो इभेन्टले क्लबले थप नयाँ उचाइमा पुर्‍याएको राघव शाक्यले बताए । क्लबमा मात्र नभई नेपालमा पहिलोपटक यस्तो इभेन्ट देखिएको शाक्यको भनाइ छ ।​ ​

क्लबिङ संस्कृतिमा यो इभेन्टले नयाँ आयाम थपेको क्लबका निर्देशक भूपेन कुँवरले बताए ।

क्लबमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थिति गराएर इभेन्ट गरे पनि यस्तो खाले इभेन्ट पहिलोपटक गरिएको उनको भनाइ छ । 'यो इभेन्टले नेपाल क्लबिङ जीवनशैलीको हब बन्न सक्ने सम्भावना बनेको छ,' उनले भने,' हाम्रो क्लबका लागि यो ऐतिहासिक इभेन्ट बनेको छ ।'

मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने कुँवरको भनाइ छ ।

यस वर्षका लागि एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये ४० औँ मा परेको छ ।

सन् २०२५ मा ४४ औँ स्थानमा रहेको थियो । यसअघि सन् २०२२ मा ५२ औँ मा २०२३ मा ४९ औँ र २०२४ मा ५० औँ स्थानमा परिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्