२५ जेठ २०८३, सोमबार

साई सुदर्शनको विष्फोटक ब्याटिङमा गुजरातको चौथो जित, चेन्नई ८ विकेटले पराजित

बैशाख १३, २०८३
काठमाडौं
साई सुदर्शनको विष्फोटक ब्याटिङमा गुजरातको चौथो जित, चेन्नई ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ३७ औँ खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । यो उसको सिजनको चौथो जित हो । 

 चेन्नईको घरेलु मैदान एम.ए. चिदम्बरम स्टेडियममा भएको खेलमा गुजरातले १६.४ ओभरमै १५९ रनको लक्ष्य पूरा गर्‍यो।
पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन मात्र बनाउन सकेको थियो। ३७ रनमै ४ विकेट गुमाएर संकटमा परेको चेन्नईको पारीलाई कप्तान ऋतुराज गायकवाडले सम्हालेका थिए। उनले ६० बलमा ७४ रनको अविजित अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्।

 गुजरातका लागि कागिसो रबाडाले घातक बलिङ गर्दै ३ विकेट लिए भने मोहम्मद सिराज, मानव सुथार र अरशद खानले १–१ विकेट झारे।

१५९ रनको मध्यम लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले उत्कृष्ट प्रदर्शन गरे। उनले मात्र ४६ बलमा ८७ रनको विष्फोटक पारी खेले। कप्तान शुभमन गिल ३३ रनमा आउट भए पनि जोस बटलरले ३९ रन बनाउँदै सुदर्शनलाई राम्रो साथ दिए। 

चेन्नईका नूर अहमद र अकिल हुसैनले १–१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। यो जितसँगै ८ खेलबाट ४ जित निकाल्दै गुजरात अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

salt training

कमेन्ट गर्नुहोस्