११ साउन २०८३, सोमबार

सरकारका प्रवक्ता भन्छन्- त्रिवि क्रिकेट मैदान हटाउने कुनै योजना छैन

बैशाख १४, २०८३
काठमाडौं
सरकारका प्रवक्ता भन्छन्- त्रिवि क्रिकेट मैदान हटाउने कुनै योजना छैन

सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुनै समस्या नरहेको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सोमबार सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफमा मन्त्री पोखरेलले नेपाल क्रिकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालयबीचको लिज अवधि सकिएकाले नयाँ तरिकाले सम्झौता गर्ने तयारी भइरहेको बताए ।

उनले यस विषयमा आफ्नो त्रिविका उप–कुलपतिसँग छलफल पनि भइसकेको जानकारी दिए । ‘मेरो उपकुलपतिसँग बैठक थियो । रजिस्ट्रार, रेक्टर र भीसीज्यूहरू पनि हुनुहुन्थ्यो । सकारात्मक कुरा भएको छ । रंगशाला खाली गराउने उद्देश्य होइन । लिज एग्रिमेन्ट सकिएकाले फेरि गर्नु पर्नेछ । अब नयाँ खाले लिज एग्रिमेन्ट हुन्छ । कुनै समस्या छैन,’ उनले भने ।

मन्त्री पोखरेलले त्रिवि क्रिकेट मैदान भत्काउने कुनै योजना नरहेको पनि स्पष्ट पारे । ‘क्रिकेट मैदानमा राज्यको यत्रो लगानी भएको छ । त्यसमाथि दुवै सरकारी निकाय हुन् । स्टेडियम भत्काउने कुरामा सत्यता छैन । लिज सकिएकाले फेरि नयाँ एग्रिमेन्ट गर्नुपर्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्