![सरकारले सार्वजनिक गर्यो देशको अर्थतन्त्रको श्वेतपत्र [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/artha_mantralaya_finance_ministry_ukQLreBs94.jpg)
सरकारले देशको पछिल्लो आर्थिक अवस्थाको श्वेतपत्र सार्वजनिक गरेको छ । 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र' शीर्षकमा सोमबार अर्थ मन्त्रालयले श्वेतपत्र सार्वजनिक गरेको हो ।
आर्थिक स्थितिपत्रले वर्तमान अवसर र चुनौतीहरूको स्पष्ट पहिचान गर्दै नीतिगत सुधार, सुशासन सुदृढीकरण तथा दिगो आर्थिक रूपान्तरणका लागि आवश्यक मार्गचित्र कोर्न बलियो आधार प्रदान गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।
'मुलुकको अर्थतन्त्र पुनर्संरचना र स्तरोन्नतिको चरणमा प्रवेश गरेको छ । नेपालको अर्थ–राजनीतिले नयाँ मोड लिँदै गर्दा नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता दिइएको छ,' वाग्लेले भनेका छन्, 'दशकौंदेखि जकडिएका संरचनात्मक कमजोरीलाई चिर्दै सुसंस्कृत र समृद्ध समाज निर्माण दृढताका साथ गरिनेछ ।'
बालेन शाहको नेतृत्वमा सरकार गठन भएको १ महिनापछि सरकारले अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरेको हो ।
हेर्नुहोस्, पूर्णपाठ :