३१ जेठ २०८३, आइतबार

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख १४, २०८३
काठमाडौं
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बबरमहलस्थित विभागको कार्यालयमा कार्यरत चौधरीले उद्योग नवीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरी दु:ख हैरानी दिएको भन्ने उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले चौधरीलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उनले बार्गेनिङ गरी सेवाग्राहीसँग घुस लिएको स्थापित भएपछि मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोगले उनीविरुद्ध ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्