२५ जेठ २०८३, सोमबार

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

बैशाख १५, २०८३
काठमाडौं
धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै योग्य इच्छुक नेपाली नागरिकलाई व्यक्तिगत विवरण पेस गर्न अनुरोध गरेको हो ।

सूचना अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्ने छ । 

इच्छुक उम्मेदवारहरूले  सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका साथमा व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवका प्रमाणित कागजातहरू तथा तोकिएको ढाँचाको स्वघोषणा फाराम संलग्न गर्नुपर्नेछ ।

आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको 'वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा'मा रहेको समितिको सचिवालयमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्