३१ जेठ २०८३, आइतबार

सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट, भोलि पेशी

बैशाख १५, २०८३
काठमाडौं
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट, भोलि पेशी
फाइल फोटो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग गैरसंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिट मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार रिटको सुनुवाइ भोलि (बुधबार) एकल इजलासका लागि पेशी तोकिएको छ ।

२०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ ।​

तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल आयोगमा सदस्य छन् ।

जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारीसहित सरकारले उक्त आयोग गठन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्