०९ साउन २०८३, शनिबार

संसद छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक र सार्वभौम संसदको अपमान: भीष्मराज आङ्देम्बे

बैशाख १५, २०८३
काठमाडौं
संसद छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक र सार्वभौम संसदको अपमान: भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संसद अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउन खोज्नुलाई 'अलोकतान्त्रिक कदम' को संज्ञा दिएका छन् । 

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता आङ्देम्बेले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले संसदलाई उपेक्षा गरेर अध्यादेशको बाटो रोज्नु दुःखद र गम्भीर भएको बताएका हुन् । सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

'लोकतन्त्र प्रक्रिया मात्रै होइन, मुलत: प्रवृत्ति हो। संसद अधिवेशनको बैठक स्थगित गराएर अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत छ,' आङ्देम्बेले भने, 'संसद नचलेको समयमा मुलुकलाई तत्काल आवश्यक परे मात्र अध्यादेश ल्याउने संवैधानिक प्रावधान भए पनि अहिले त्यस्तो कुनै आपतकालीन अवस्था छैन।'

उनले प्रमुख प्रतिपक्ष र अन्य राजनीतिक दलहरूसँग कुनै परामर्श नगरी हतारमा अध्यादेश ल्याउन खोज्नु 'बलमिच्याइँको राजनीति' र 'सार्वभौम संसदको अपमान' भएको टिप्पणी गरे । 

प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै नेता आङ्देम्बेले भनेका छन्, 'म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु— आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास? संसदको गरिमा र मर्मको किन अवमूल्यन? यसप्रति हाम्रो स्पष्ट विमति छ।'

विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी विधेयक र सहकारी ऐन संशोधन जस्ता गम्भीर विषयहरूलाई संसदीय बहसमार्फत नै निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिइएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्