
आईसीसी विश्वकप क्रिकेट लीग टुअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रूपमा नेपालले बसीर अहमदलाई गुमाएको हो । उनले ५ बल खेलेर १ रन बनाउँदै आउट भए ।
यसअघि कप्तान रोहित पौडेल २३ बलमा १० रन बनाएर आउट भएका हुन् । उनले ओमानका नदीम खानले बोल्डल गरे ।
यसअघि कुशल भुर्तेल १ र आशिफ शेख १९ रनमा आउट भएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन जोडेको थियो ।
कीर्तिपुरमा ३०६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म १६.२ ओभरमा ३ विकेट गुमाएर ५६ रन जोडेको छ ।