०६ साउन २०८३, बुधबार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीम सार्कीको एक हजार रन पूरा

बैशाख १६, २०८३
काठमाडौं
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीम सार्कीको एक हजार रन पूरा

अनुभवी खेलाडी भीम सार्कीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रनको कोशेढुङ्गा पार गरेका छन् ।

२४ वर्षीय भीमले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार कीर्तिपुर मैदानमा जारी ओमानविरुद्धको खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

ओमानविरुद्धको खेल अगाडि भीमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३७ खेल खेल्दै कुल नौ सय ९५ रन बनाएका थिए ।

ओमानविरुद्धको खेलमा उनले २८ रन बनाए । उनको कुल रन एक हजार २३ पुगेको छ । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक र चार अर्धशतक प्रहार गरेका छन् ।

यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित एक सय एक रन हो ।

उनले सन् २०२२ को मार्च २२ तारिखमा पपुवा न्यू गिनीविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्