०४ साउन २०८३, सोमबार

बालेनलाई हटाउने मागदेखि चक्काजाम र हड्ताल घोषणा गर्दै आन्दोलनमा उत्रियो सुकुम्बासी संघ

बैशाख १७, २०८३
काठमाडौं
बालेनलाई हटाउने मागदेखि चक्काजाम र हड्ताल घोषणा गर्दै आन्दोलनमा उत्रियो सुकुम्बासी संघ

सुकुम्बासीहरूलाई हटाएको विरोधमा अखिल नेपाल सुकुम्बासी संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।   

संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई हटाउन रास्वपालाई अनुरोध गर्नेदेखि मेची-महाकाली राजमार्गमा चक्काजाम र हड्ताल गर्नेसम्मका कार्यक्रम अघि सारेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अभ्यास गर्ने भनिएको राइट टु रिकलमार्फत् प्रधानमन्त्री शाहलाई संसदीय दलको नेताबाट परिवर्तन गरी प्रधानमन्त्रीबाट अनुरोधसहित वैशाख ३१ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्ने, सोही दिन मेची-महाकाली राजमार्ग चक्काजाम गर्ने भनिएको छ । 

आन्दोलनका कार्यक्रम अनुसार जेठ १ देखि ७ गतेसम्म; जनताको हितमा काम नगर्ने रास्वपाका जनप्रतिनिधिलाई फिर्ता बोलाउन आह्वान गर्दै देशव्यापी रूपमा प्रधानमन्त्री बालेन र जिल्लामा आफ्नो क्षेत्रका सांसदलाई फिर्ता गर्न आह्वान गर्दै राइट टु रिकलका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने भनिएको छ ।

जेठ ७ गतेबाट मेची-महाकाली राजमार्ग र सुकुम्बासी केन्द्रित क्षेत्रीय संघर्षसहित सबै संघ-संस्था, राजनीतिक दल, जनवर्गीय संगठन र आम जनसमुदायको सहयोग एवम् देशभरका वास्तविक भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रत्यक्ष र व्यापक सहभागितामा देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी दिइएको छ ।

त्यसअघि राष्ट्रिय सभाका सबै सदस्यहरू, प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सबै सदस्यलाई आफू निर्वाचित हुँदा जनतासामु गरेका वाचाहरू स्मरण गराउँदै नागरिकको संवैधानिक तथा मानव अधिकारको उल्लंघन, जबर्जस्ती उठीबास रोक्ने, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गरी लालपूर्जा प्रदान गर्न अनुरोधसहित ज्ञापन पत्र दिई सार्वजनिक गर्ने संघले बताएको छ । 

प्रत्येक स्थानीय तह र वडा कार्यालय, भूमि समस्या समाधान आयोग, त्यसका जिल्ला समिति, जिल्लास्थित समन्वय, प्रशासन, नापी, भूमि, डिभिजन वनलगायतका कार्यालयमा उठीबास रोक्न र यथाशीघ्र लालपूर्जा प्रदान गर्न माग गर्दै ज्ञापन पत्र दिने संघको कार्यक्रम छ । 

काठमाडौंसहित ठूला शहरमा शुरू गरिएको र देशभर फैलाउन खोजिएको जबर्जस्ती उठीबासको विरोध र यसलाई अविलम्ब रोक्न माग गर्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यालयमा शान्तिपूर्ण तरिकाले विरोध पत्र बुझाएर सार्वजनिक गर्ने पनि आन्दोलनको कार्यक्रम अन्तर्गत समेटिएको छ । 

हेर्नुहोस् संघको आन्दोलनको कार्यतालिका :

null

कमेन्ट गर्नुहोस्