
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम बिहीबार सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य विज्ञप्तिमार्फत जनाएका छन् ।
सरकारले सार्वजनिक खरिद प्रक्रियालाई परिमार्जन गर्न आवश्यक ठानेपछि मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष यो सिफारिस गरेको थियो ।
आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए ।