३१ असार २०८३, बुधबार

पानी पर्ने क्रम अझै केही दिन जारी रहने

बैशाख १८, २०८३
काठमाडौं
पानी पर्ने क्रम अझै केही दिन जारी रहने

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी र मधेशका साथै देशका हिमाली तथा पहाडी भाग,  बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिमका तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना  छ ।

त्यसैगरी, आज कोशी, मधेश, बागमती, गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

पछिल्लो २/३ दिनदेखि देशका अधिकांश स्थानमा मनसुनजस्तै वर्षा भैरहेको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार आगामी हप्तासम्म धेरै ठाउँमा वर्षा हुनेछ ।

लगभग मनसुनकै जस्तो अवस्था आगामी दुई हस्तासम्म रहने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्