२७ जेठ २०८३, बुधबार
सुकुम्वासी बस्ती हटाउने अभियान

बल्खुदेखि वंशीघाटसम्म डोजर चल्यो, नदी किनारका घर-टहरा भत्काइँदै [फोटो फिचर]

बैशाख १८, २०८३
काठमाडौं
बल्खुदेखि वंशीघाटसम्म डोजर चल्यो, नदी किनारका घर-टहरा भत्काइँदै [फोटो फिचर]

काठमाडौं उपत्यकाका नदीकिनारका विभिन्न क्षेत्रमा रहेका सुकुमबासी बस्ती हटाउन सरकारले दोस्रो चरणको डोजर अभियान शुरू गरेको छ । बिहीबार बिहानदेखि काठमाडौं महानगरपालिकाले प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरी परिचालन गर्दै विभिन्न स्थानमा डोजर चलाएको हो ।

आज बिहानैदेखि काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घरटहरामा डोजर चलाइएको छ । डोजर चलिरहँदा कतिपय स्थानीय आफ्नो सामान हतारहतार ओसारिरहेका देखिएका छन्।

यसैगरी, वडा नम्बर ११ मा पर्ने वंशीघाट क्षेत्रमा पनि बिहानैदेखि घरटहरा भत्काउने काम शुरू गरिएको छ । करिब आधा दर्जन डोजर र ट्रकसहितको टोली परिचालन गरिएको छ । टेकु क्षेत्रको सुकुमबासी बस्तीमा समेत डोजर चल्न थालेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

null

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि बिहीबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानका बस्ती खाली गराउने जनाएको थियो । प्रशासनका अनुसार काठमाडौं जिल्ला भित्रका नदी किनार, सरकारी, पर्ति, सार्वजनिक तथा निजी स्वामित्वका जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका अनधिकृत बस्ती हटाउने अभियान सञ्चालन गरिएको हो ।

आज वंशीघाट र बल्खुसँगै वडा नम्बर १५ को स्वयम्भु, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडीपाखा, रानीबारी लगायतका क्षेत्रमा पनि डोजर चलाउने तयारी गरिएको छ ।

null

बालाजु क्षेत्रमा भने मध्यान्ह १२ बजेपछि मात्र डोजर चलाइने प्रहरीले जनाएको छ । स्थानीयलाई त्यसअघि सामान हटाउन समयसीमा दिइएको छ । 
यसअघि सरकारले गत शनिबारदेखि थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरालगायत क्षेत्रमा पनि डोजर चलाएर सुकुमवासी बस्ती हटाउने अभियान शुरू गरेको थियो । बाँकी क्षेत्रहरूमा आजबाट दोस्रो चरणको अभियान अघि बढाइएको प्रशासनले जनाएको छ ।

null

nullnull

salt training

कमेन्ट गर्नुहोस्