२५ जेठ २०८३, सोमबार

क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस च्याम्पियन

बैशाख १८, २०८३
काठमाडौं
क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस च्याम्पियन

रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुवै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी च्याम्पियन बनेका छन् ।

राष्ट्रिय प्रतियोगिताको रापिड खेलमा २१३६ रेटेट खेलाडी क्षितिज भण्डारीले नौ चरण स्पर्धामा ८.५ अंक जोडेर उपाधि आफ्नो नाममा पारेका हुन् । भण्डारी व्यक्तिगत ३१.४ रेटिङ वृद्धि गर्दै २३६० को रेटिङ पर्फमेन्स गर्न सफल रहे ।

यसैगरी, ब्लिट्ज विधामा पनि मकवानपुरका क्षितिज भण्डारीले पूर्ण नौ अंक जोडेर राष्ट्रिय विजेता बनेका हुन् । शीर्ष २२३३ रेटेड खेलाडी भण्डारीले व्यक्तिगत २६ रेटिङ बढाउँदै २६५१ रेटिङको सर्वोत्कृष्ट खेल पर्फम गरेका छन् ।

महिला राष्ट्रिय रापिडतर्फ १७५९ रेटेड कृतिसरा अधिकारी एकल ६ अंक जोडेर राष्ट्रिय विजेता बनिन् । झापा जिल्लाका कृतिसराले व्यक्तिगत २१.८ रेटिङ वृद्धि गर्दै १९१० रेटिङ बराबरको खेल पर्फम गरेकी छिन् ।

चौथो वरीयताकी १६६७ रेटेड कृतिसराले ब्लिट्ज विधातर्फ ६.५ अंक बनाउँदै व्यक्तिगत ४० रेटिङ सुधार गरेकी छन् । उनले सात चरणको स्पर्धामा २०१० रेटिङ पर्फम गर्न भ्याइन् ।

यससँगै राष्ट्रिय विजेता भण्डारीले नगद ५० हजार पुरस्कार प्राप्त गरे । महिला विजेता अधिकारीले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।

null

रापिड खेलमा दोलखाका २११३ रेटेड खेलाडी आशिष फुयाँल दोस्रो भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । झापाका १९९७ रेटेड पूर्व नेपाल च्याम्पियन राजन सुवेदी तेस्रो भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय ब्लिट्जमा ललितपुरका १९५७ रेटेड खेलाडी सुरोज महर्जन दोस्रो भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । दोलखाका १६८१ रेटेड खेलाडी कविन्द्र सिवाकोटी तेस्रो भए । उनले आठ हजार रुपैयाँ हात पारे ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको विजयी खेलाडी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् ।

आयोजक क्लबका अध्यक्ष गोपाल मालीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका वडा नम्बर १७ वडा अध्यक्ष नवीन मानन्धर, बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्