२६ असार २०८३, शुक्रबार
सुकुम्वासी व्यवस्थापन

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह

बैशाख २०, २०८३
काठमाडौं
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह

शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका  नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ । मन्त्रालयले एक प्रेस नोट जारी गर्दै स्थानान्तरणको क्रममा रहेका, सहायताको पर्खाइमा रहेका वा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई सरकारले तोकेको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो ।

सरकारले प्रक्रियाका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकेको छ । वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि डिजिटल लगत संकलन गर्ने कार्य अगाडि बढाइएको र उनीहरूलाई व्यवस्थित रूपमा राख्न होल्डिङ सेन्टरको प्रबन्ध मिलाइएको मन्त्रालयले जनाएको छ । 

ती होल्डिङ सेन्टरहरूमा नागरिकका लागि आवश्यक पर्ने आवास, भोजन र स्वास्थ्य सेवाका साथै बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सुविधाहरू समेत उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । 

विशेषगरी वास्तविक भूमिहीन र आर्थिक अवस्था कमजोर भएका कारण आफ्नै पहलमा व्यवस्थापन गर्न असमर्थ नागरिकहरूलाई लक्षित गर्दै मन्त्रालयले दशरथ रंगशालामा पुगेर दर्ता प्रक्रिया पूरा गरी सरकारी सेवा सुविधाको लाभ लिन आग्रह गरेको छ । सरकार नागरिकहरूको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरालाई समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्