![अतिक्रमित संरचना भत्काएपछि यस्तो देखियो अनामनगर–धोबीखोला छेउछाउको दृष्य [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Anamnagar_Dhobikhola_after_dozar_4_InJK5B6MwN.jpg)
काठमाडौंको नदी किनारा मिचेर बनाइएका संरचना भत्काउने कामले आइतबार पनि निरन्तरता पाएको छ ।
बागमती एकीकृत सभ्यता विकास समितिलगायतले अतिक्रमित संरचना हटाउने कामलाई निरन्तरता दिएका हुन् ।
यसक्रममा आइतबार अनामनगरको धोबीखोला आसपासमा अतिक्रमित संरचनामा डोजर चलेको छ ।
आइतबार मध्याह्न अनामनगरको ७ तले भवनमा डोजर चलेको हो । त्यस आसपासका अन्य अतिक्रमित संरचनामा पनि डोजर चलेको छ ।
शनिबार र आइतबार अनामनगरका खोला किनारा क्षेत्रमा डोजर चलाएर अतिक्रमित संरचना हटाइएको छ ।
यस्तो देखियो डोजर चलेपछिको अनामनगर क्षेत्र ।
हेर्नुहोस् तस्वीरहरू :







