२८ असार २०८३, आइतबार

यसकारण विशेष छ गुजरातका लागि पञ्जाबमाथिको जीत

बैशाख २१, २०८३
काठमाडौं
यसकारण विशेष छ गुजरातका लागि पञ्जाबमाथिको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पछिल्लो खेलमा गुजरात टाइटन्सले पञ्जाब किङ्सलाई चार विकेटले हराएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । गुजरातले भने १९.५ ओभरमा ६ विकेट गुमाएर जित हासिल गर्‍यो ।

गुजरातका लागि यो जित ऐतिहासिक बन्न पुगेको छ । आईपीएलको इतिहासमा अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिएको खेलमा पहिलो पटक गुजरातले पञ्जाबलाई हराएको हो ।

यो स्टेडियममा यसअघि खेलिएको सबै खेलमा पञ्जाबले गुजरातलाई हराउँदै आएको थियो । नौ खेल खेलेको पञ्जाब १३ अंकसहित तालिकाको पहिलो स्थानमा छ । १० खेलबाट १२ अंक बटुलेको गुजरात पाँचौँ स्थानमा आसिन छ ।

salt training

कमेन्ट गर्नुहोस्