
व्यवसायी शेखर गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
उनको रिट खारेज गर्दै सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार गोल्छाको रिट खारेज गर्दै सरकारका नाममा परमादेश जारी गरेको हो ।
शेखरको तर्फबाट उनको श्रीमती सीमा गोल्छाले सर्वोच्चमा रिट दिएकी थिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं गोल्छा समूहका अध्यक्ष समेत रहेका गोल्छालाई पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले गत मंगलबार लिखित जवाफ मागेको थियो ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले लिखित जवाफसहित गोल्छालाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको थियो ।
उनी हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् ।

