२६ असार २०८३, शुक्रबार

वैशाख २८ गते संसद्को अधिवेशन आह्वान गर्न सरकारको सिफारिश

बैशाख २२, २०८३
काठमाडौं
वैशाख २८ गते संसद्को अधिवेशन आह्वान गर्न सरकारको सिफारिश

सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकले संसद्को अधिवेशन आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यसअघि सरकारले वैशाख १७ गतेका लागि आह्वान गरेको अधिवेशन भोलिपल्टै स्थगित गरिएको थियो ।

सरकारका नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि सरकारले बजेट अधिवेशन आह्वान गरेको हो ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता छ । त्यसअघि संसद्‌मा सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने व्यवस्था छ। 

salt training

कमेन्ट गर्नुहोस्