२० असार २०८३, शनिबार

महासंघ निर्वाचन: अहिलेसम्म को-को निर्वाचित भए ?

बैशाख २३, २०८३
काठमाडौं
महासंघ निर्वाचन: अहिलेसम्म को-को निर्वाचित भए ?
फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनपश्चात मतगणना भैरहेको छ । मंगलबार मतदान सकिएलगत्तै मतगणना शुरू भएको थियो । 

निर्वाचनमा अनजन श्रेष्ठ र हेमराज ढकालको प्यानबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म महासंघको वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । हेमराज ढकाल प्यानलबाट विजयी भएका श्रेष्ठले ६३ मत प्राप्त गर्दै निर्वाचित भए । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरेका थिए । 

यता अन्जन श्रेष्ठको प्यानलबाट जिल्ला-नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । 

त्यस्तै, वस्तुगत महासंघतर्फको कार्यकारिणी सदस्यमा सुनयना घिमिरे र विश्वनाथ खनाल निर्वाचित भएका छन् ।  द्विराष्ट्रियतर्फ एक सदस्यको लागि भएको निर्वाचनमा मनोज पौडेल विजयी भएका छन् । 

जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज  पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शंकर गिरी, शिवप्रसाद मानन्धर विजयी भएका छन्।

जिल्ला नगरतर्फ नै सन्तोष खड्का, सुदर्शन कार्की, हरिप्रसाद अर्याल विजयी भएका छन्। 

महासंघ विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्